काठमाडौं, असोज २९ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा अभिनित ‘दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ। गायक सुजन तिगेला लिम्बु र मेलिना राईको स्वर रहेको भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन्। भिडियोमा आर्यन र आँचलको अलवा सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुवेदीको समेत अभिनय रहेको छ।
सुदीप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनिम गहतराजको कलर संयोजन रहेको भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ। चाडपर्वको महत्व दर्शाएर यसलाई रमाइलोसँग मनाउनु पर्ने भाव ब्यक्त गरिएको गीतको भिडियोमा पनि दशै तिहार दुबै समेटिएको छ।
Facebook Comments


























