असोज २२ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन्।
विश्व नम्बर एक जोकोभिचले बुस्टामाथि ४-६, ६-२,६-३ र ६-४ को सेटमा जित निकाले। पहिलो सेट गुमाए पनि जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए।एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अब ग्रिसका स्टेफानोस सिट्सिपाससँग खेल्ने छन्।
पाँचौं वरीयता प्राप्त स्टेफानोसले क्वाटरफाइनलमा रुसका आन्द्रे रूब्लेभलाई पराजित गरे। स्टेफानोसले रूब्लेभलाई ७-५,६-२ र ६-३ ले पराजित गरे।महिलातर्फ अमेरिकी खेलाडी सोफिया केनीनले अन्तिम चारमा स्थान बनाएकी छिन्। केनीनले आफ्नै देशकी रोस कोलिन्सलाई ६-४,४-६ र ६-० ले पराजित गरिन्। एजेन्सी
Facebook Comments


























