काठमाडौं, असोज २२ । आज सुनको मूल्य घटेको छ। सुन प्रतितोला २ सय रुपियाँ घटेको छ। चाँदी भने प्रतितोला ५ रुपियाँले बढेको छ। हिजो पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ।
हिजो छापावाल सुन ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा किनबेच भएको थियो।
Facebook Comments


























