काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका छन्। हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्। हालसम्म ७२.९ प्रतिशत संक्रमित निको भएका छन्।
Facebook Comments


























