काठमाडौं, असोज २० । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नेपालदेखि २८ लाख ७९ हजार १०० केजी अदुवा निर्यात भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो। केन्द्रका अनुसार दुई महिनामा १३ करोड ८४ लाख ७२ हजार रुपैयाँको अदुवा निर्यात भएको छ।
चालु आर्थिक बर्षमा अदुवाको निर्यात १७ प्रतिशतले बढेको देखिन्छ। गत आवको उक्त अवधीमा रु। ११ करोड ८३ लाख ५० हजार बराबरको २२ लाख ५९ हजार ४३१ केजी अदुवा निर्यात भएको छ।
गत आवभर भने रु.८८ लाख ८६ हजार ९३१ केजी अदुवा निर्यात भएको थियो। गत आवमा रु। ८१ करोड २० लाख रुपैयाँको अदुवा निर्यात भएको तथ्यांकमा उल्लेख छ।
Facebook Comments


























