असोज १७ । आईपीएलमा शनिबारको पहिलो खेलमा स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितर पहिले व्याटिङ गर्ने भएको छ। खेल युएईको अबुधावीमा हुँदैछ। जारी प्रतियोगितामा दुबै टोलीले तीन–तीन खेल खेलेका छन्। दुबै टोलीले समान एकमा हार र दुई खेलमा जीत हात पारेका छन्।
अंकतालिकामा दुबै टीमको समान चार अंक भएपनि रनरेटका आधारमा राजस्थान एक स्थान माथि छ। राजस्थान पाँचौँ स्थानमा छ भने बैंग्लोर छैठौँ स्थानमा छ। चार खेलबाट चार अंक जोडेको मुम्बई इण्डियन्स् रनरेटको आधारमा अंकतालिकाको शीर्ष स्थानमा छ।
Facebook Comments


























