चितवन, असोज १७ । नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार तनहुं घिरिङ गाउँपालिका ४ बस्ने ३५ बर्षका जित बहादुर राना रहेको प्रहरीले जनाएको छ।
भरतपुर २९ सिमलतालमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३-०३००१ ह ४४७ नम्बरको अटो र विपरीत दिशा बाट आई रहेको ना ५० प ४५५० नम्बरको मोटरसाइकल दिउँसो एक-आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक घिरिङ गाउँपालिका-४ का बेल बहादुर राना, अटो चालक नवलपुर गैंडाकोट ८ बस्ने बर्षसागर थापा, अटोमा सवार दोहि ठाउँका बिनिता थापा, पुजा थापा, रितु थापा, समिर थापा, मिन बहादुर थापा सामन्य घाइते भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























