काठमाडौं, असोज १५ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो हप्ता भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी बनेका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि दुवै जना एकान्तवासमा रहेका छन्। दुवैको अवस्था सामान्य रहेको क्यान स्रोतले बतायो।
कोरोना महामारीबीच क्यानले असोज ६ गते भरतपुरमा बोर्ड बैठक आयोजना गरेको थियो। बैठकले खेलाडीको केन्द्रिय सम्झौता देखि प्रतियोगिताका तालिका सार्वजनीक गरेको थियो। अध्यक्ष र सचिवलाई कोरोना संक्रमण देखिएपछि चितवन बैठकमा सहभागी अधिकांश सदस्य एकान्तवासमा बसेका छन् भने अधिकांशले कोरोना परिक्षण गराएका छन्। धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
परिक्षणको क्रममा क्यान उपाध्यक्ष राजुबाबु श्रेष्ठ सहित कोषाध्यक्ष रोशनकुमार सिंहको भने रिपोर्ट नेगेटिभ आएको छ। क्यानले आन्तरिक रुपमा बैठक सहभागी सबैलाई कोरोना परिक्षणका लागि अनुरोध समेत गरेको छ।


























