काठमाडौं, असोज १५ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए।
Facebook Comments


























