काठमाडौं, असोज १५ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयमा खटिएका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार १ जना निको भइसकेका छन् भने बाँकी ३ जना होम आइसोलेसनमा छन्।
सुरुमा एक जनालाई कोरोना पोजिटिभ देखिएपछि सम्पर्कमा आएका अन्य कर्मचारीको पिसीआर परीक्षण गर्दा ३ जना संक्रमित फेला परेको प्रवक्ता पन्थीले बताए। तेस्रो चरणमा पिसीआर परीक्षण गरिएका कर्मचारीहरुको रिपोर्ट आउँन बाँकी रहेको कोषले जनाएको छ। केही कर्मचारीमा कोरोना देखिएपछि पनि कोषले सेवालाई भने निरन्तरता दिएको जनाएको छ।
Facebook Comments


























