असोज १४ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले आज (बुधबार) बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्दैछ। इन्टरले सिजनको दोस्रो खेलमा बेनेभेन्टोसँग खेल्न लागेको हो। बेनेभेन्टोको मैदानमा हुने खेल नेपाली समय अनुसार पौने १० बजे सुरु हुनेछ। बेनेभेन्टोविरुद्ध मैदान उत्रदा इन्टर लगातार दोस्रो जितको खोजीमा हुनेछ।
सिजनको पहिलो खेलमा इन्टरले फियोरेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो। इन्टर घरेलु टिमविरुद्ध उक्त जितको लयलाई कायम राख्ने योजनामा हुनेछ।
घरेलु टिम बेनेभेन्टो पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा बेनेभेन्टोले साम्पडोरियालाई ३-२ ले हराएको थियो।सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले एटलान्टासँग खेल्नेछ। दुबै जित लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन्। यस्तै उडिनेसले स्पेजियासँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























