काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारीलाई हदैसम्मको कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्री बादलले महिला हिंसा रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको बताएका हुन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले दैनिक ६/७ जनामाथि बलात्कार भइरहेको बताए। उनले बझाङमा घटेको घटना ह्रृदयस्पर्शी भएको पनि बताए। ‘दैनिक ६/७ जनामा बलात्कार हुने गरेका घटनाहरु आइरहेका छन्। सरकारले यसलाई रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको छ’, उनले भने। महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्डको कानुन आवश्यक भएको बताएका थिए।
Facebook Comments


























