असोज ११ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ। शनिबार राति रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को जित दर्ता गरेको हो।
स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित निकालेको हो। रियल वेटिसको घरेलु मैदानमा भाल्भर्डेको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो। मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए। त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए। लिटी डी सुजा जुनियरको आत्मघाति गोलसंगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो।
खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो। रियलले रियल भालाडोलिडसंग सिजनको खेलमा गोल रहित बराबरी खेलेको थियो। रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ। बार्सिलोनाले आईतबार राति भिल्ला रियलसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ।
गए रातिनै भएका अन्य खेलमा रियल सोसिडाडले इल्चेमाथि ३–० को जित दर्ता गर्यो। गेटाफेले आल्भेससंग र भ्यालेन्सियाले ह्युस्कासंग बराबरी खेल्दै अंक बाँडे। एजेन्सी


























