काठमाडौं, असोज ९ । कोभिड महामारीको बेला युवाका लागि के कस्ता आईसीटी अवसर हुन सक्छन् भन्ने विषयमा शनिबार वेबिनार हुने भएको छ। सो वेबिनार क्यान महासंघ अन्तर्गतको आईसीटी फर युथ इमपावरमेन्ट कमिटिले आयोजना गर्न लागेको हो।
वेबिनारमा वक्ताका रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, वर्ल्डलिंक कम्युनिकेशन्सका सीईओ केशव नेपाल र राम लक्ष्मण इन्नोभेसन्सका सहसंस्थापक रामप्रसाद रिमाल रहेका छन्। महामारीले हरेक क्षेत्रमा प्रभाव पारिरहेका बेला आईसीटी क्षेत्रमा भने धेरै अवसर सिर्जना भइरहेका छन्। परम्परागत कामलाई डिजिटल प्रणालीले विस्थापन गरिरहेको छ।
यही सन्दर्भमा नेपालमा आईसीटी क्षेत्रको व्यवस्थापन गर्दै युवालाई यसमा कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा वेबिनारमा छलफल हुने आईसीटी फर युथ इमपावरमेन्ट कमिटिका प्रमुख विशाल महतले बताए।
Facebook Comments


























