काठमाडौं, असोज ९ । कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री लुटेर फरार भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा बस्ने भन्दै कोठा हेर्न पुगेका दुई युवा सिक्री लुटेर फरार भएका हुन्।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले कोठा हेर्दै गर्दा घरधनीलाई धम्क्याएर १ तोला सुनको सिक्री लुटेर स्कुटरबाट भागेका थिए। अहिले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए।
Facebook Comments


























