काठमाडौं, असोज ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लाको नाम्खा गाउँपालिकामा नेपाली भूमि चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचारप्रति चासो राखेका छन्। आज ट्वीट गर्दै थापाले नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका हुन्।
‘यसवारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्रीको ध्यान आकर्षित गर्दछुु, थापाले लेखेका छन्। राप्रपा अध्यक्ष थापाले सरकारको काममा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुन नहुने दृष्टिकोणसमेत अघि सारेका छन्।
Facebook Comments


























