हेटौंडा, असोज ७ । मकवानपुरको देउरालीमा पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचिएर एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउरालीमा पहिरोसँगै आएको ढुंगाले जीप थिचिएर चालकको मृत्यु भएको हो। ४० वर्षीय जीप चालक युनिस आलमको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
इन्द्रसरोवर गाउँपालिका–२ देउरालीनजिक बा १७ च ४८७४ नम्बरको जीप पहिरोले पुरेको हो। उक्त पहिरोमा परेर बा ९७ प ४८५१ नम्बर मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
Facebook Comments


























