काठमाडौं, असोज ५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ। बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो।
Facebook Comments


























