असोज ५ । लेष्टर सिटीले प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गर्दै लेष्टरले लगातार दोस्रो जित निकालेको हो। लेष्टरको घरेलु मैदानमा सुरुवाती अग्रता भने बर्नलीले बनाएको थियो। क्रिस उडले दशौँ मिनेटम गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए।
२० औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए। ५० औं मिनेटमा बर्नलीका एरिक पिटर्सले आत्मघाती गोल गरेपछि लेष्टर २-१ ले अघि रह्यो। ६१ औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेष्टरलाई ३-१ को अग्रता दिलाए। ७३ औं मिनेटमा बर्नलीका जेमी डुनेले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा डेनिसले प्राएटले गोल गर्दै लेष्टरलाई ४-२ को जित दिलाए।
जितसँगै लेष्टरले २ खेलमा ६ अंक जोडेको छ। लेष्टर तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। बर्नलीले भने हारबाट सिजनको सुरुवात गरेको छ। अर्को खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई ३-० ले हराएको छ। एजेन्सी


























