काठमाडौं, असोज ४ । आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रहदै प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ। त्यसैगरी आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























