असोज ३ । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ। बुन्डेसलिगा फुटबलमा शनिबार बोरुसिया डर्टमण्ड, आइनट्राख्ट फ्रान्कफुर्ट, होफेनहाइम, हेर्था बर्लिन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन्।
साविकको उपविजेता डर्टमण्डले घरेलु मैदानमा बोरुसिया मुन्छेनग्लाडबाखसँग प्रतिस्पर्धा गर्नेछ। दुई टिमबीचको खेल राति सवा १० बजे सुरु हुनेछ। डर्टमण्ड घरेलु मैदानमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ। मुन्छेनग्लाडबाख पनि डर्टमण्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ।
यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले अर्मिनियासँग खेल्दै सिजनको सुरुवात गर्नेछ। होफेनहाइमले एफसी कोएल्नसँग खेल्दा युनियन बर्लिनले आउग्सबर्गसँग खेल्नेछ। अन्य खेलमा स्टुटगार्डले फ्रेईबर्ग र भेरडाआ ब्रेमेनले हेर्था बर्लिनसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























