असोज ३ । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ। ला लिगा अन्तर्गत शनिबार भिल्ला रियल, गेटाफे, सेल्टा भिगो, भ्यालेन्सिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्। भिल्ला रियलले घरेलु मैदानमा आइबारसँग खेल्नेछ। भिल्ला र आइबार दुबै टिम पहिलो जितको खोजीमा हुनेछन्।
यस अघिको खेलमा भिल्लाले हुएस्कासँग १-१ को बराबरी खेलेको थियो। आइबरले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै गेटाफेले ओसासुनासँग घरेलु मैदानमा खेल्नेछ। गेटाफे सिजनको पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ। ओसासुना लगातार दोस्रो जित निकाल्न चाहन्छ। ओसासुनाले पहिलो खेलमा क्याडीजलाई २-० ले हराएको थियो।
सेल्टाले घरेलु मैदानमा भ्यालेन्सियासँग खेल्नेछ। सेल्टा घरेलु मैदानमा भ्यालेन्सियालाई हराएर सिजनको पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा आइबरले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो।
भ्यालेन्सिया भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। लिगको शीर्ष स्थानमा रहेको भ्यालेन्सियाले पहिलो खेलमा लेभान्टेलाई ४-२ ले हराएको थियो। एजेन्सी


























