असोज ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ। कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन्। मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ। गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो।
Facebook Comments


























