असोज २ । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छिन्। चोटको कारण देखाउँदै ओसाकाले सेप्टेम्बर २७ बाट सुरु हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन। गत हप्तामात्र जापानी खेलाडी ओसाकाले दोस्रो पटक यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन्। उनले करियरको तेस्रो ग्रान्डस्लामको रुपमा सो उपाधि हात पारेकी हुन्।
न्युयोर्कमा भिक्टोरिया एजारिन्कामाथि १–६, ६–३ र ६–३ को सेटमा जित निकाल्दै ओसाका च्याम्पियन बनेकी थिईन्। ‘म फ्रेन्च ओपन खेल्न सक्दिन।’ ओसाकाले भनेकी छिन्। ‘मेरो ह्यामस्टिङ्ग अझैपनि खराब अवस्थामा छ। मसंग तयार हुनका लागि पर्याप्त समय समेत छैन। यि दुवै प्रतियोगिता मेरा लागि निकै चाँडो गरि आए।’ ओसाकाले भनिन्।
विश्व वरियताको तेस्रो स्थानमा रहेकी ओसाकाले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिईन्। उनी फ्रेन्च ओपनमा तेस्रो चरण भन्दामाथि पुग्न सकेकी छैनिन्। एजेन्सी


























