चितवन, असोज २ । अविरल वर्षा सँगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। आज बिहान ५ बजेर ४० मिनेट जादा सडकको ठाउँठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो।
चितवन भरतपुर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा माथिबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो हटाइ यातायात सुचारु गराउन समय लग्ने प्रहरीले जनाएको छ।
Facebook Comments


























