चितवन, असोज २ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ। भदौ २८ गते भरतपुरको कोभिड १९ ल्याब मार्फत स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
उनको स्वाब चितवन मेडिकल कलेजको कोभिड ल्याबमा परिक्षण गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। मेयर वनको रिपोर्ट एक सातापछि आएको पौडेलले बताए।
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ गते स्वाब दिएका थिए। कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उनलाई कारोना पुष्टि भएको हो।
Facebook Comments


























