भदौ ३१ । गोलकिपर इमिलियानो मार्टिनेज प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन्। अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई एस्टनले आर्सनलबाट क्लबमा भित्र्याएको हो। एस्टनले बुधबार गोलकिपर मार्टिनेजसँग सम्झौता गरिएको जनाएको छ।
२८ वर्षीय गोलकिपरले एस्टनसँग ४ वर्षको सम्झौता गरेका छन्। सन् २०१२ मा आर्सनलको सिनियर टिममा डेब्यु गरेका मार्टिनेजले पछिल्लो समय लोनमा अन्य क्लबबाट खेल्दै आएका थिए। गत सिजन मार्टिनेजले रिडिङबाट लोनमा खेलेका थिए। आर्सनलका लागि भने उनले १५ खेल खेलेका छन्। अर्जेन्टिनाका लागि मार्टिनेजले यू-१७ र यू-२० टोलिबाट खेलेका छन्।
Facebook Comments


























