भदौ २९ । अष्ट्रेलियाबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी बनेको छ।
इङ्ल्याण्डको जितसंगै तीन म्याचको सिरिज १–१ को बराबरी भएको छ।
आईतबार म्यान्चेष्टरमा भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अष्ट्रेलियालाई २४ रनले हराएको हो।
२ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ८ बल बाँकी छदै २ सय ७ रनमा समेटियो। कप्तान आरोन फिन्चले ७३, मारनस लबसचगनेले ४८ र एलेक्स केरीले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन।
इङ्ल्याण्डका साम कुरान, जोफ्रा आर्चर र क्रिस वाक्सले समान ३–३ विकेट लिए। आदिल रसिदले १ विकेट हात पारे।
यसअघि, म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३१ रन बनायो।
अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए। मिचेल स्टार्कको नाममा २ विकेट रह्यो।
सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो। तीन खेलको सिरिज अन्तर्गत दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। एजेन्सी


























