भदौ २९ । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा लेभान्टेलाई ४-२ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो।
पहिलो मिनेटमै जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, १२ औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरी ल्याए।
३६ औं मिनेटमा लुइसले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए।
खेलको ३९ औं मिनेटमा म्याक्सिमिलानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई २-२ गोलको बराबरी फर्काए।
त्यसपछि भ्यालेन्सियाका म्यानुएल भालेजो चम्किए।
७५ औं मिनेटमा म्यानुएलले गोल गर्दै भ्यालेन्सियालाई ३-२ को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा म्यानुएलले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ४-२ को जित दिलाए।
जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। भ्यालेन्सिया तालिकाको शीर्ष स्थानमा रहेको छ।
लेभान्टेले भने हारबाट सिजनको सिरुवत गरेको छ। एजेन्सी


























