काठमाडौं, भदौ २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते बोलाइएको छ। नेकपाले गत १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक २६ भदौमा बोलाएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार बिहान महासचिव बिष्णुप्रसाद पौडेल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको हो।
गत १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण अनिश्चित बनेको थियो।
सहमतिका लागि सुझाव पेश गर्न महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले ६ भदौंमा नै प्रतिवेदन बुझाइसकेको छ।
Facebook Comments


























