काठमाडौं, भदौ २० । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने भएको छ।
सभापतिका निर्णयका विरुद्धमा निर्णय गर्ने गरि पौडेल पक्षीय नेताहरुको जुम मिटिङ बोलाइएको छ। शनिबार हुने बैठकपछि दबाबका कार्यक्रम सार्वजनिक गरिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। दबाबका लागि प्रस्तावित विरोध कार्यक्रमलाई परिमार्जनसहित पारित गरिने बताइएको छ।
केही दिनअघि भएको जुम मिटिङले घिमिरेसहित जीवन परियार र बद्रि पाण्डेलाई विरोधको कार्यक्रम प्रस्ताव गर्ने कार्यदल बनाएको थियो। प्रस्तावित प्रतिवेदनमा रायका लागि नेताहरुलाई पठाइएको थियो। शनिबार हुने जुम मिटिङमा व्यक्त विचारका आधारमा विरोधका कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ।
विभाग गठन,क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपका बारेमा छलफल गरि दबाबका कार्यक्रम सार्वजनिक गरिने घिमिरेले जानकारी दिए। विभाग गठनलाई सुरुदेखि पौडेल पक्षले विरोध गर्दै आएको छ।
पौडेल पक्षले विरोध गरे पनि देउवाले विभाग विस्तारलाई रोकेका छैनन्। देउवाले ४७ विभागमध्ये २० वटामा आफूपक्षीय नेता कार्यकर्तालाई जिम्मेवारी दिएका छन्।
क्रियाशील सदस्यता वितरण विधानभन्दा बाहिरबाट भएको भन्दै पौडेल पक्षले विरोध जनाएको छ। रसुवा,डडेल्धुरा लगायतका जिल्लामा पार्टी सभापतिले आफूखुसी फारम वितरण गरेको पौडेल पक्षको भनाइ छ। ती जिल्लामा तीन हजार बढी क्रियाशील सदस्यता फारम जिल्ला सभापतिलाई बाइपास गरि वितरण गरिएको मिरेले बताए। पौडेल पक्ष निकट जिल्ला सभापति भएका स्थानमा समायोजन सकिए पनि क्रियाशील सदस्यता फारम नपाइएको बताइएको छ।
सिन्धुपाल्चोक र काभ्रेमा क्रियाशील सदस्यता वितरण हुन नसकेको बताइएको छ। जिल्ला सभापतिले पठाएका नाममा संस्थापन पक्षले विवाद उत्पन्न गरेको पौडेल पक्षको आरोप छ।
सभापति देउवालाई विधिभन्दा बाहिर गएर भएका निर्णय फिर्ता गराउन वाध्य पार्ने पौडेल पक्षले जनाएको छ। चरणबद्ध दबाबमा अल्टिमेटम,देशभर अन्तक्रिया, धर्ना, पदाधिकारीबाट राजीनामा, आफूनिकटका भ्रातृ संस्थाका पदाधिकारी फिर्ता लगायतका हुने घिमिरेले बताए।
सभापति देउवालाई निर्णय फिर्ता गर्न तीन दिनको अल्टिमेटम दिने उनले बताए। अल्टिमेटमबाट देउवा पछि नहटे थप दबाबका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए। पौडेल पक्षले यसअघि जिल्ला सभापतिसँग पनि जुम मिटिङ गरि राय संकलन गरिसकेको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











