काठमाडौं, भदौ २० । विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र ‘होरी’ समावेश भएको छ। कोभिड महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभएपछि ‘टोरिनो फिल्म ल्याब’ले यस वर्ष अनलाइन ल्याब संचालन गर्ने घोषणा गरेको थियो। सोहीअनुरुप सुरु गरिएको टोरिनो ल्याबमा होरी चलचित्र छानिएको हो।
अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी फिल्म माओवादी द्वन्द्वको समयको कथामा आधारित छ। चलचित्र मुख्य रुपमा डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने चलचित्र निर्माण पक्षले जनाएको छ।
सरोज शर्मा सापकोटा निर्माता रहेको चलचित्र ‘होरी’ मुख्य रुपमा डोटेली भाषामा हुने छ। चलचित्रको नाम ‘होरी’ डोटेली भाषाबाटै लिइएको हो। होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ।
‘होरी’ चलचित्र यसअघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भैसकेको छ।
यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरिबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्। जसमध्ये दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको हो।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







