भदौ १७ । आईफोन १२ सिरिजका स्मार्टफोन सार्वजनिक हुने तयारीमा रहेका छन्। आईफोन १२ सिरिजकै चर्चाबीच एप्पलका लागि अर्को खुशीको कुरा सार्वजनिक भएको छ।
रिसर्च कम्पनी ओमडियाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार एप्प्लको आईफोन इलाभेन सन् २०२० को पहिलो ६ महिनामा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको छ। साथै यो फोनलाई उक्त प्रतिवेदनले सन् २०२० को सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा पनि प्रस्तुत गरेको छ।
प्रतिवेदनअनुसार सन् २०२० को पहिलो छ महिनामा ३ करोड ७७ लाख थान आईफोन इलाभेन बिक्री भएका छन्।
जुन अघिल्लो वर्षको आईफोन् एक्सआरको बिक्रीको तुलनामा एक करोड ८० लाख बढी हो। गत वर्ष पनि यस अवधिमा आईफोन एक्सआर सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको थियो। कोरोनाका बावजूद आईफोन इलाभेन को व्यापारमा भने कुनै असर परेको देखिएको छैन।
यस किसिमको सफलताका पछाडि आईफोनमा उपलब्ध फीचरलाई मुख्य कारणको रुपमा लिइएको छ। कम्पनीले थुप्रै नयाँ फीचरका साथै तुलानात्मक रुपमा सस्तो मूल्यमा यो फोन सार्वजनिक गरेको थियो।
यसका साथै यो सूचीको पाँचौ नम्बरमा पनि आईफोनकै उत्पादन परेको छ। सन् २०२० को पहिलो ६ महिनामा सबैभन्दा बढी बिक्री हुने पाँचौ मोबाइलमा आईफोन एसई ९२०२०० रहेको छ।
सबैभन्दा बढी बिक्री हुने सूचिको दोस्रो नम्बरमा सामसङ ए ५१ रहेको छ भने तेस्रो र चौथोमा क्रमशः साओमीको रेड्मी नोट ८ र रेड्मी नोट ८ प्रो रहेका छन्।


























