भदौ १७ । भारतको मध्य प्रदेशमा शिवसेनाका पूर्व प्रदेश प्रमुख रमेश साहूको गोली हानेर हत्या गरिएको छ।
साथै उनकी श्रीमती र छोरी भने घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। घटना स्थलबाट आरोपी फरार भएको बताइएको छ।
हत्यारालाई प्रहरीले खोजी गरिरहेको छ। उनको इन्दौरको नजिकै उमरी खेडामा गोली हानेर हत्या भएको हो।
उनलाई अज्ञात समूहले आक्रमण गरेको बताइएको छ। एजेन्सी
Facebook Comments


























