दाङ, भदौ १२ । दाङमा आइतबारदेखि लकडाउन हुने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आइतबार राति १२ बजेदेखि सुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ। लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न पाइने छैन।
सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाइने छैन। साथै होटेल, रेस्टुरेन्ट तथा बैंकहरु पनि बन्द हुनेछन्।
Facebook Comments