चितवन । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) चितवनले प्रविधिको प्रयोगबाट गर्न सकिने सिकाइ पद्धतिको सम्भावना, समस्या र चुनौतीबारे एकदिने वेविनार गर्दैछ। यही भदौ १२ गते भर्चुअल विभिबाट वेविनार गर्न लागेको हो। कोरोना भाइरसको जोखिमका बेला सूचना प्रविधिको उच्चतम प्रयोगबाट शिक्षण सिकाइलाई अगाडि बढाउन सहयोग पुग्ने उद्देश्यले वेविनार गर्न लागेको महासंघका अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए।
कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयका सञ्चालक समिति, प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरूले सहभागिता जनाउनेछन्। एकदिने यस कार्यक्रमबाट अनलाइन शिक्षण सिकाइ पद्धति, आवश्यक पूर्वाधार, व्यवस्थापन र प्रयोग, स्थानीय तह, विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलगायतको भूमिकाबारे छलफल हुनेछ। दर्ता वा ज्वाइनका लागि क्यान महासंघ चितवनका सचिव टेकलाल भुसाललाई ९८५७०४०००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

























