चितवन । भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित १९ वर्षिय पुरुषलाई प्रहरीले नुवाकाेटकाे कोल्फुटारबाट पक्राउ गरेकाे छ। गल्छीबाट २ किमि भित्रबाट पक्राउ गरेको भरतपुर अस्पतालले जनाएकाे छ। चाेरीकाे आराेपमा प्रहरीले नियन्त्रणमा लिएका ती पुरुषलाई परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालकाे आइसाेलेसनमा राखिएकाे थियाे। साेही क्रममा मंगलबार बिहान आइसाेलेसन कक्षबाटै भागेका थिए।
Facebook Comments


























