पोखरा, भदौ ४ । नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६ औँ दिनमा स्थगित गरेको छ।
विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घले अनशन थालेको थियो।
जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्था गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले बताए।
कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको उल्लेख गर्दै महामन्त्री भट्टराईले आन्दोलनका कार्यक्रम फरक किसिमबाट सञ्चालन हुने जानकारी दिए। रासस
Facebook Comments


























