काठमाडौं, भदौ ३ । निर्वाचन आयोगले नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) दर्ता गर्ने निर्णय गरेको छ। सो दलले गत असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो।
सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिने छ। साथै, सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशित पनि गर्ने छ।
Facebook Comments


























