मकवानपुर, भदौ ३ । हेटौंडामा बुधबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालाले सार्वजनिक गरेको नतिजा अनुसार हेटौंडा उपमहानगरपालिका भित्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
साउन ३१ गते संकलन गरिएको स्वाबको नतिजा बुधबार आएको हेटौंडाको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले बताए।
उनका अनुसार हेटौंडा–१ मा ४ जना, हेटौंडा–३ मा ३ जना हेटौंडा–४ मा ७ जना, हेटौंडा–५ मा २ जना हेटौंडा–७ मा १ जना, हेटौंडा– ९ मा २ र हेटौंडा–१० मा एक जनालाई कोरोना संक्रमण देखा परेको छ । भीमफेदीका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ।
एकसय ३५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जनाइएको छ।
Facebook Comments


























