मकवानपुर, भदौ १ । मकवानपुर जिल्लामा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्नेहरु रहेको बताइएको छ।
हेटौंडा–४ कर्रा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले दिएको जानकारी अनुसार विभिन्न प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो। उनका अनुसार चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको हो।
उनीहरु सबैको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो।
Facebook Comments


























