काठमाडौं, भदौ १ । आज साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ घण्टामा अवधिमा ८.८९ अंकले बढेको छ।
कारोबार सुरुमा केही समय ओरालो लागेको नेप्से दोस्रो घण्टाबाट उकालो यात्रा तय गरी अन्तिम सम्म आउँदा ०.६४ प्रतिशतले बढेको छ।
आज १३९१.४८ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४००.३५ को बिन्दुमा पुगेको छ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छे।
अहिले कारोबार भईरहेका १८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल बैकं लिमिटेडले ६ करोड ९७ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ।
Facebook Comments


























