काठमाडौं, भदौ १ । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफका एक फुटबलमा कोरोना पुष्टि भएको छ।
गत बर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
उनी कोरोनोको संक्रमण सुरु भएसंगै सर्लाहीको सिमा क्षेत्रमा ड्युटीमा गएका थिए। उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए।
तराईबाट फर्किएका उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो।
विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो।
ड्युटीको सिलसिलामा जिल्ला बाहिर गएका खेलाडी धमाधम काठमाडौं आउन थालेका छन्। धेरै खेलाडी बिरामी अवस्थामा छन्।
शरिरिक रुपमा अस्वस्थ रहेका खेलाडीको तत्काल कोरोना परिक्षण हुन सकेको छैन।
समयमै परिक्षण नहुँदा विभागीय टिमका खेलाडी क्रसित अवस्थामा विभागका एक अधिकारीले खेलपाटीलाई जानकारी दिएका छन्।
पछिल्लो समय खेलकुद क्षेत्र कोरोनाबाट धेरै प्रभावित बन्न थालेको छ। आईतबार साँझमात्र नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना पुष्टि भएको थियो।


























