काठमाडौं, साउन ३२ । नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। संघले सोमबार देशभरका क्याम्पसहरुमा तालाबन्दी गर्ने जनाएको हो।
मंगलबार प्रमुख शहरमा विरोध प्रर्दशन गर्ने भएको छ। सामाजिक दूरी कायम गरी सडक प्रर्दशन गरिने संघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी गराए।
त्रिभुवन विश्वविद्यालयबाट ८ जना कार्यकर्ता गत साता पक्राउ परेका थिए। विरगंजमा समेत आफ्ना कार्यकर्ता प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ। पक्राउ परेका संघका कार्यकर्तालाई झुठो आरोप लगाइएको संघले जनाएको छ।
त्रिवि उपकुलपति डा.धर्मकान्त बाँस्कोटाले विश्वविद्यालय सुधार र उत्थानका कार्य नगरेको संघले आरोप लगाएको छ। त्रिविको मर्यादा कायम गर्न नसकेको भन्दै संघले उपकुलपतिको विरोध गरेको हो।
Facebook Comments


























