काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ। सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको सचिवालयका एक सदस्यले बताए।
नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको छ। विष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन्।
कार्यदलका सन्दर्भमा सचिवालयकै कतिपय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। असन्तुष्ट नेताहरुले कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने बताएका छन्।
सोमबारको सचिवालय बैठकले कार्यदल गठनको विषयलाई अनुमोदन गर्ने अनुमान गरिएको छ।
यसैबीच, कार्यदलको पहिलो बैठक शनिबार भैंसेपाटीको एक निजी घरमा बसेको थियो। आइतबार पनि बैठक बसिरहेको छ।
Facebook Comments


























