चितवन । भरतपुर अस्पतालले शुक्रबारदेखि काेराेना परीक्षण गरेर संक्रमण नदेखिएकाहरुकाे नाम सार्वजनिक गर्न थालेकाे छ। परीक्षणका लागि आफ्नो स्वाब दिएपछि नतिजाको प्रतीक्षामा बसेकाहरुले नतिजा प्राप्त गर्न कठिन भएको गुनासो गरेपछि व्यक्तिगत रुपमा सम्बन्धित व्यक्तिलाई पठाउने व्यवस्था नभएसम्मकाे लागि भरतपुर अस्पतालकाे फेसबुक पेजमार्फत संक्रमण नदेखिएका अर्थात् नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरुकाे विवरण सार्वजनिक गर्न थालेकाे अस्पतालले जनाएकाे छ।
अस्पतालले उक्त विवरण हेरेर आवश्यक सुझाव दिनसमेत अनुराेध गरेकाे छ। साथै हरेक व्यक्तिले परीक्षणकाे लागि स्वाब दिएपछि धैर्यतापूर्वक आफ्नो नतिजाको प्रतीक्षामा रहन पनि अनुराेध गरेकाे छ। संक्रमण पुष्टि भएकाहरुकाे हकमा भने व्यक्तिगत विवरण खुलाइएकाे छैन। चितवनमा शुक्रबार ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे।


Facebook Comments


























