रौतहट, साउन ३० । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ। त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन्। जिल्ला अस्पताल गौरका प्रमुख डा। कृष्ण साहले नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए।
आईसोलेसन निर्माणमा केहि समय लाग्ने भएकाले संक्रमितलाई त्यसबेलासम्म सुरक्षित रुपमा होम आईसोलेसनमा बस्न डाक्टर साहले अनुरोध गरेका छन्। योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ।


























