सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका –२ लिदि मा विहान ६ बजे गएको पहिरामा परेका घाइतेहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ। पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ।
जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ। बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए। उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।
उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ। घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन। यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन्।
Facebook Comments


























