काठमाडौं, साउन १६ । नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन्।
पर्साको छप्कैया १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन्। उनी संक्रमित भए पनि सफलतापूर्वक सुत्केरी गराइएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए।
डा.सिंहका अनुसार ती महिलाको आज बिहान ४ बजेर १० मिनेटमा शिशुको जन्म दिएकी थिइन्। हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको बताइएको छ।
Facebook Comments


























