काठमाडौं, साउन १६ । स्थानीय बजारमा पछिल्लो समय सुनको मुल्यको ऐतिहासिक रेर्कड कायम गरीरहेको छ।
त्यस्तै आज शुक्रबार पनि सुनको मुल्यले अर्को एतिहासिक रेर्कड कायम गरेको छ।
आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ।
बिहिबार सुनको मुल्य प्रतितोला रु ९९ हजार रुपैया कायम गरिएको थियो भने आज शुक्रबार ९९ हजार ३०० मा पुगेर हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ८६५ रुपैयाँ तोकिएको छ।
महासंघकाअनुसार आज चाँदीको मुल्य भने २५ रुपैयाले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























